Logo
Logo

लूले प्रचण्डलाई सम्झाए एमसीसी सम्झौताको समयसीमा



काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री डोनाल्ड लूले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) सम्झौताको समयसीमा सम्झाएका छन् ।

शुक्रबार शिष्टाचार भेटका क्रममा लूले प्रचण्डलाई एमसीसीबारे छिटो निर्णयमा पुग्न आग्रह गरेका हुन् ।

लूलाई जवाफ दिँदै प्रचण्डले एमसीसीमा उल्लेखित केही प्रावधान नेपालमा विवादको विषय बनेको जानकारी गराएका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्डले लूलाई भने, ‘ ‘सहयोग लिन्छौं तर एमसीसीको बारेमा तयार पारिएको सुरुआती दस्तावेजलाई पछि संशोधन गरिएको रहेछ ।’

प्रचण्डको भनाइ उद्धृत गर्दै मल्लले भने, ‘संसदबाट पारित गर्नुपर्ने लगायतका विषय राखिएका रहेछन् । त्यसैले यो नेपालमा विवादको विषय बनेको छ र यसमा हाम्रा पनि केही प्रश्नहरु छन् ।’

प्रचण्डले एमसीसीबारे सबै पक्षको एउटा साझा समझदारी बनाउने प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्