Logo
Logo

प्रधानन्यायाधीले पठाए नेपाल बारलाई पत्र


2.1k
Shares

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पत्र पठाएका छन् । जबराले पत्र पठाउँदै बार अध्यक्ष श्रेष्ठलाई पठाएर वार्ताको आह्वान गरेका हुन् ।

शुक्रबार श्रेष्ठले बारको सल्लाहकार समितिको बैठकमा सर्वोच्च अदालतबाट आएको पत्र पढेर सुनाएका थिए । पत्रमा जबराले बारका पदाधिकारीसँग जुनसुकै समयमा पनि वार्तामा बस्न तयार भएको उल्लेख गरेका बारका एक पदाधिकारीले बताएका छन् ।

प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा उल्लेख गर्दै संवाद र छलफलबाट नै समाधान खोज्ने गरी पत्र पठाएको ती पदाधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्