Logo
Logo

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो



काठमाडौं । नेकपा एमालेले १०औं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिएको छ ।

शुक्रबार एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराईले प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर देउवालाई महाधिवेशनमा अतिथिका रूपमा निम्तो दिएका हुन् ।

प्रधानमन्त्री देउवाले निम्तोलाई स्वीकार गर्दै एमालेको १०औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागि हुने बताए ।

देउवाले महाधिवेशनका लागि शुभकामना दिएको नेम्वाङले बताए । एमालेको १० औं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्