Logo
Logo

बेलायतमा १० हजार स्टाफ नर्स पठाउने सरकारको तयारी




काकाठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स पठाउने तयारी भएको बताएका छन् ।

मन्त्री श्रेष्ठका अनुसार नेपालमा बेरोजगार अवस्थामा रहेका स्टाफ नर्स पठाउनका लागि सम्झौताको तयारी गरिरहेको छ ।

बेलायतजस्तो अन्य आकर्षक र सुरक्षित गन्तव्य देशको पनि खोजी गरिरहेको शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले जानकारी दिएका हन् ।

बेलायतको सन्दर्भमा नेपाली नर्स पठाउनका लागि श्रमिकमैत्री सम्झौता गर्ने विषयमा सम्बन्धित सरोकारवालासँग छलफल गरिरहेको र यसमा छिट्टै टुुङ्गो लाग्ने श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको भनाई छ ।

सचिव गौतमले यसअघि सम्झौता भएका तर समय सकिएका मुुलुकहरूको पनि सम्झौता पुनरावलोकन गर्ने तयारी मन्त्रालयले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्