Logo
Logo

राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान (विज्ञप्ति)



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । शनिबार युवा तथा खेलकुद मन्त्रालयले विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको जनाएको छ ।

मन्त्रालयका अनुसार सदस्य सचिव बन्न योग्यता पुगेका व्यक्तिले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्नेछ । सरकारले गत कात्तिक १ गते रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपको सदस्य सचिव पद खाली भएको छ ।

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्