Logo
Logo

माधव नेपाललाई महाधिवेशनमा बोलाउँदैनौँ : तामाङ



काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई निम्तो नदिएको एमालेले जनाएको छ ।

एमाले केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो दिइसकिएको बताउँदै भने, ‘नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई निम्तो पठाइएको छैन ।’

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेका तामाङले भने, ‘हामीले प्रधानमन्त्रीलाई अतिथिको रुपमा निम्तो गरेका छौं । उहाँले आउँछु भन्नुभएको छ । अरु राष्ट्रिय दलका नेताहरुलाई निम्तो गरेका छौं । तर, माधव नेपाललाई निम्तो गरिएको छैन ।’

उनले माओवादी अध्यक्ष प्रचण्डलाई निम्तो गरिएको भएस्पनि आउने वा नआउने निीश्चत नभएको बताए । तामाङले भने, ‘तर उहाँ महाधिवेशनमा आउनुहुन्छ भन्नेमा विस्वस्त छौँ ।’

उनले माधव नेपालको पार्टीलाई नबोलाएको प्रति स्पष्ट पार्दै भने, ‘हाम्रो यसमा प्रष्टै धारणा छ, माधव नेपालको पार्टी गठनको प्रक्रियाप्रति हाम्रो असहमति छ । अलग दल बनाउन पाइन्छ, तर एमालेको विभाजनको लागि जुन हर्कत गरियो, त्यो विधिप्रति हाम्रो असहमति छ ।’
तामाङले भने, ‘अर्को निर्वाचनपछि कस्तो बन्ला ? वा बन्छ बन्दैन । हाल उहाँहरुलाई हाम्रो महाधिवेशनमा निम्तो गर्दैनौँ ।’

प्रतिक्रिया दिनुहोस्