Logo
Logo

एमाले महाधिवेशन : देउवा र प्रचण्डलाई निम्तो, नेपाललाई छैन


10.2k
Shares

काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अतिथिका रुपमा निम्तो पठाएको छ ।

पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १० औं महाधिवेशनमा देउवा र प्रचण्डलाई निम्तो दिइसकिएको बताएका हुन ।

उनका अनुसार अन्य पार्टीका नेताहरुलाई निम्तो दिइए पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने निम्तो नदिइएको बताए ।

शनिबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै तामाङले भने, ‘हामीले प्रधानमन्त्रीलाई अतिथिको रुपमा निम्तो गरेका छौं । उहाँले आउँछु भन्नुभएको छ । अरु राष्ट्रिय दलका नेताहरुलाई निम्तो गरेका छौं ।’

नेता तामाङले माधव नेपाल नेतृत्वको पार्टीलाई भने महाधिवेशनमा निम्ता नदिइएको बताए । उनले भने, ‘माधव नेपालको पार्टीलाई भने बोलाएका छैनौं । हाम्रो यसमा प्रष्टै धारणा छ–माधव नेपालको पार्टी गठनको प्रक्रियाप्रति हाम्रो असहमति छ । अलग दल बनाउन पाइन्छ, तर एमालेको विभाजनको लागि जुन हर्कत गरियो, त्यो विधिप्रति हाम्रो असहमति छ । माधव नेपालहरू पार्टी निर्माण गर्ने प्रक्रियामा हुनुहुन्छ । अर्को निर्वाचनपछि कस्तो बन्ला ? वा बन्छ कि बन्दैन, त्यो हेर्न बाँकी छ । हाल उहाँहरुलाई हाम्रो महाधिवेशनमा निम्तो गर्दैनौं ।’

प्रतिक्रिया दिनुहोस्