Logo
Logo

‘सत्ता गठबन्धनजस्तै १० वटा गठबन्धन बनेपनि एमालेसामु टिक्न सक्दैन’


2.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्र्मा ओलीले पाँच दलीय गठबन्धन जस्तो १० वटा गठबन्धन बनेपनि एमाले एक्लैले प्रतिस्पर्धा गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एमालेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘यस्ता अनैतिक गठबन्धनको अर्थ छैन । यस्ता गठबन्धन १० वटा बनेपनि एमाले एक्लै प्रतिस्पर्धा गर्न सक्ने भइसकेको छ ।’

अध्यक्ष ओलीले एमाले बैशाखी टेकेर नहिँड्ने बताउँदै एक्लै चुनाव लड्ने र एक्लै जित्नेसमेत दावी गरे । उनले भने, ‘हामीलाई कसैको बैशाखी टेकेर हिँड्नु परेको छैन । हामी आफैँ सक्षम छौँ । एमाले सुढृड भइसक्यो । एक्लै चुनाव लड्छ र एक्लै जित्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा चलाएको विकास अभियानसमेत वर्तमान गठबन्धन सरकारलाई पन नपरेको आरोप लगाए । धराहरा पुनःनिर्माणको प्रशंग कोट्याउँदै ओली भने, ‘यो अहिलेको सरकारलाई विकास हेर्नै मन पर्दैन । उनीहरु धरहरा भत्केकै हेर्न चाहन्छन् । हामीले धरहरा उठाएको देख्न सकेका छैनन् । हामीले उद्घाटन गरेका सडकहरु खारेज गरेका छन् । यो सरकार विकास विरोधी सरकार हो ।’

प्रतिक्रिया दिनुहोस्