ओमप्रकाश यादवद्वारा एमालेबाट राजीनामा « Drishti News – Nepalese News Portal
Logo

ओमप्रकाश यादवद्वारा एमालेबाट राजीनामा


दृष्टि संवाददाता


काठमाडौं । रुपन्देहीका पूर्वकृषिमन्त्री तथा एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले पार्टीबाट राजीनामा दिएका छन् ।

शनिबार मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार) मापत्रकार सम्मेलन गर्दै यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेता यादवले पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले पार्टीको साधारण सदस्यमा भने रहने बताए । नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाएका छन् । उनले प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन् ।

यादवले आफुलाई जिल्लामा काम गर्न पार्टी अध्यक्ष शिवराज सुवेदीबाट असहयोग भएको आरोप समेत लगाएका छन् । उनले जिल्ला पार्टीका अध्यक्षबाट आफुलाई असहयोग भएको दाबी गर्दै ३ महिनाअघि नै पार्टी उपमहासचिव विष्णु पौडेललाई जानकारी गराएको पत्रकार सम्मेलन जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्