Logo
Logo

आयुक्तका पीएसओ मात्तिएपछि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । भीआईपीको सुरक्षामा खटिने पीएसओहरु अंगरक्षक भन्दा बढी उनीहरुको पीए बन्ने गरेका छन् । कतिपय घरेलु कामदार बनेर बसेका छन् । कतिपयले सुरक्षा नभई सानका लागि पीएसओ राखेका छन् ।

केही प्रहरी अधिकारीहरु भने आफैं पीएसओ बन्न मरिहत्ते गर्दछन् । भीआईपीको आडमा चलखेल गर्नका लागि कतिपय पीएसओ बन्ने गरेका छन् । क्षमताका आधारमा भन्दा रोजाईका आधारमा धेरै पीएसओहरु खटिएका छन् । जसकारण कतिपय पीएसओहरु विवादमा समेत पर्ने गरेका छन् ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालको सुरक्षामा खटिएका एक पीएसओ पनि हालै कारबाहीमा परेका छन् । सई चन्द्रदेव जोशीलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएर कारबाही अघि बढाएको हो ।

मदिरामा मात्तिएर अस्वभाविक हर्कत देखाएको आरोपमा उनीमाथि कारबाही गरिएको हो । आयुक्त दाहालको छोराको बिहेको भोजमा उनले अत्याधिक मदिरा पिएका हुन् । मदिरामा मात्तिएर उनले दाहालकै बेइज्जत गरिदिएका थिए । त्यसपछि उनले नै सई जोशीलाई फिर्ता पठाएका हुन् । यसअघि पनि उनले यस्तो व्यवहार देखाउँदै आएका थिए ।
पीएसओहरु पटक पटक विभिन्न विवादमा परिरहन्छन् । केही वर्षअघि मन्त्रीको ब्ल्याकलेबल रक्सी खाइदिएको आरोपमा एक प्रहरी कारबाहीमा परेका थिए ।

खासगरी एकै व्यक्तिका वर्षौसम्म बस्ने पीएसओहरु बिग्रने गरेका छन् । २÷२ वर्षमा परिवर्तन गर्नुपने सिष्टम भएपनि त्यो लागू हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्