Logo
Logo

माओवादी जनयुद्धको सपना पूरा हुनेछ : मुख्यमन्त्री केसी



पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले माओवादी जनयुद्धको सपना पूरा गर्न नयाँ नीतिका साथ पार्टी अगाडि बढेको बताएका छन् । माओवादी जनयुद्धका सपना अझै बाँकी रहेकाले ती सपना पूरा गर्न नयाँ सोचका साथ पार्टी लागि परेको मुख्यमन्त्री केसीको भनाइ थियो ।

नेकपा (माओेवादी केन्द्र) तानसेन नगरका वडाहरुको अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशभित्र माओवादीका एक लाख १५ हजार पार्टी सदस्य रहेको बताए । उनले पार्टी सदस्य नवीकरणलाई अनलाइनमार्फत गरेर व्यवस्थित गरिएको जानकारी दिए ।

माओवादी केन्द्र पाल्पाका अधिकांश स्थानमा आज वडा अधिवेशन सम्पन्न भएको छ । तिनाउ गाउँपालिका र रिब्दीकोट, रैनादेवी छहरा गाउँपालिकाका अधिकांश स्थानमा माओवादी केन्द्रको अधिवशेन सम्पन्न भएको छ ।

तानसेन नगरपालिकाको १ देखि ७ नं वडाका अधिवेशनलाई एकीकृत गरी तानसेनमा सम्पन्न भएको जिल्ला अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्