तनहुँका ८५ वडामा माओवादीको नयाँ नेतृत्व « Drishti News – Nepalese News Portal
Logo

तनहुँका ८५ वडामा माओवादीको नयाँ नेतृत्व


दृष्टि संवाददाता


दमौली । नेकपा माओवादी केन्द्र तनहुँले जिल्लाका ८५ वटै वडामा अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ । शनिबार देशभर एकसाथ वडा अधिवेशन गरेको माओवादी केन्द्रले तनहुँका दश स्थानीय तहका ८५ वटै वडामा नयाँ नेतृत्व चयन गरेको हो ।

बन्दिपुर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा अमृत शाही, वडा नम्बर २ को अध्यक्षमा सुशील कुंवर, वडा नम्बर ३ को अध्यक्षमा श्याम नेपाली, वडा नम्बर ४ को अध्यक्षमा महावीर आले, वडा नम्बर ५ को अध्यक्षमा छविलाल घिमिरे र वडा नम्बर ६ को अध्यक्षमा ज्ञानेन्द्र गुरुङ चयन हुनुभएको छ । सबै वडामा २९ सदस्यीय कमिटी चयन गरिएको छ ।

त्यसैगरी शुक्लागण्डकी नगर कमिटीका १२ वटै वडामा नयाँ नेतृत्व चयन भएको शुक्लागण्डकी नगर कमिटी सचिव मनराज गुरुङले जानकारी दिनुभयो । वडा नम्बर १ को अध्यक्षमा धर्म नेपाली, वडा नम्बर २ को अध्यक्षमा शङ्कर पन्त, ३ को अध्यक्षमा दीपक सापकोटा, ४ को अध्यक्षमा ओमकुमार श्रेष्ठ, ५ को अध्यक्षमा मित्रबन्धु पौडेल, ६ को अध्यक्षमा पदमराज बराल, ७ को अध्यक्षमा मोतीराज गुरुङ, ८ को अध्यक्षमा चिरञ्जीवि सिग्देल, ९ को अध्यक्षमा पोसबहादुर विक, १० को अध्यक्षमा राजेन्द्र क्षेत्री भट्टराई, ११ को अध्यक्षमा नारायण सिग्देल र १२ को अध्यक्षमा पूर्णप्रसाद गुरुङ चयन हुनुभएको छ ।

घिरिङ गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा गोविन्द सुनार, वडा नम्बर २ को अध्यक्षमा नहलसिं विक, वडा नम्बर ३ को अध्यक्षमा कृष्णराज राना, वडा नम्बर ४ को अध्यक्षमा जनक राना, वडा नम्बर ५ को अध्यक्षमा बमबहादुर विक चयन हुनुभएको माओवादी गण्डकी प्रदेश कमिटी सदस्य मदन आलेले जानकारी दिनुभयो ।

त्यस्तै आँबुखैरनी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा विष्णु अधिकारी, वडा नम्बर २ को अध्यक्षमा बासुदेव थापा, वडा नम्बर ३ को अध्यक्षमा विमलबाबु राना, वडा नम्बर ४ को अध्यक्षमा नेत्र मगर चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्