Logo
Logo

दाङमा बस दुर्घटना हुँदा २९ जना घाइते


630
Shares

काटमाडौं । दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाण्डौ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरमा गएराति पौने २ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका २९ मध्ये चार जनाको अवस्था गम्भीर छ । दुर्घटनामा काठमाण्डौ बस्ने २७ वर्षका आयुषकुमार लामा, सुर्खेतको लेखबेसी नगरपालिका(६ की ३२ वर्षकी लक्ष्मी शर्मा, कालीकोट निलागुफा(९ बस्ने २१ वर्षका बमबहादुर शाही र मुगुका २८ वर्षका धर्मराज जैसी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्