Logo
Logo

नगरप्रमुख थारु कांग्रेस क्षेत्रीय सभापतिमा पराजित



काठमाडौं । नेपाली कांग्रेसको कपिलवस्तु क्षेत्र नं१ क को प्रदेश क्षेत्रीय सभापतिमा बाणगंगा नगरपालिकाका मेयर मंगल थारु पराजित भएका छन् ।

मेयर थारुलाई दुर्गा केसीले ४० मतको अन्तरले पराजित गरेका हुन् । निवर्तमान नगर सभापतिसमेत रहेका थारुलाई राम चन्द्र पौडेल समूहको समर्थन रहेको थियो ।

वाणगंगा नगरपालिकाको ओदारी माविमा सम्पन्न निर्वाचनमा प्रदेश सभा ९क० मा वाणगंगाका ११ वडा सहित कपिलवस्तु नगरका ३ र मायादेवी गाउँपालिकाको १ वडा गरी ३ सय ४३ जना क्षेत्रिय प्रतिनिधिले मतदान गरेका थिए भने ३ सय ३६ मत सदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्