Logo
Logo

विप्लव-नारायणकाजी श्रेष्ठबीच राजनीतिक भेट



काठमाडौं । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको भएको छ ।

दुवै नेताबीच आज विहान श्रेष्ठको निवासमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा समसामयिक राजनीतिक अवस्था र दुवै पार्टीबीच सहकार्यबारे छलफल भएको छ ।

केही दिन यता माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ । यसको पहल माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गर्दै आएका छन् । यसअघि शनिबार विहान विप्लव र अध्यक्ष प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्