काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष डा.भीम रावलले अगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उपाध्यक्ष रावलले १०औं महाधिवेशनमा आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
एमालेको १०औं महाधिवेशनमा मंसिर १०, ११ र १२ गते चितवनमा हुदैछ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ जना सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।











