Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणादेखि शेयर बजार ओरालोसम्म



हेडलाइन्स्

१. तत्काली नेकपा माओवादी र सरकारीबीच विस्तृत शान्ति सम्झतौ भइ जनयुद्ध अन्त्य भएको १५ वर्ष पुग्यो, विस्तृत शान्ति सम्झौतामार्फत माओवादी शान्ति प्रकृयामा आएपनि जनयुद्धको क्रममा दवै तर्फबाट भएका घटनाहरुको अझै व्यवस्थापन हुन सकेन, विस्तृत शान्ति सम्झौताको मर्मअनुसार अघि बढ्नुपर्नेमा सबै राजनीतिक दलका नेताको जोड ।

२. नेकपा एमालेका उपाध्यक्ष भीम रावलद्वारा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा, १०औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष निर्वाचित हुने अध्यक्ष केपी शर्मा ओलीको चाहनामा धक्का, पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन आफूले नेतृत्व पाउनुपर्ने रावलको दावी ।

३. सर्वोच्च अदालतमा आइतबार अधिकांश न्यायाधीशद्वारा बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइ, फूलकोर्टले गोला प्रणालीमा पेशी रोज्ने नियमावली पास गरेसँगै न्यायाधीशहरु न्यायसम्पादनमा सहभागी, न्यायको पर्खाइमा बसेका सेवाग्राहीलाई ध्यानमा राखेर सुनुवाइमा सहभागी भए पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग यथावत नै रहेको कानुन व्यवसायीको भनाइ ।

४. नेकपा (एमाले) को १०औं महाधिवेशनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रिभोज दिने, मंसिर ११ गते राती चितवनको सौराहास्थित एक होटलमा रात्रिभोज दिने कार्यक्रम तय, महाधिवेशनको मिति नजिकिँदै गर्दा तयारीले पनि तीव्रता पायो ।

५. केही सांसद अनुपस्थित भएपछि संसदीय सुनुवाई समितिमा भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भएन, समितिको बैठकका लागि कोरम नपुगेपछि सुनुवाइ प्रभावित, आइतबार बोलाइएको समितिको बैठकमा सांसद संख्या नपुगेपछि स्थागित गरिएको सुनुवाइ मंसिरत १७ गते हुने ।

६. एमसीसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने अर्थमन्त्री जनार्दन शर्माको भनाइ, देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेकाले हरेक निर्णय गठबन्धनबाटै हुनेमा जोड, विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको धारणा ।

७. विद्यालय तहमा कुनै विषयमा न्युनतम ३५ प्रतिशत अंक ल्याए उर्तिण हुने सरकारले गठन गरेको अध्ययन कार्यदलद्वारा सिफारिस, विद्यालय तहमा सिकाइ उपलब्धिको न्यूनतम प्रतिशत आन्तरिक वा प्रयोगात्मक परीक्षामा ४० र आवधिक वा सैद्धान्तिकमा ३५ हुने गरी अभ्यास गर्न ‘नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदल’को सुझाव, कक्षा ८, १० र १२ मा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र मूल प्रमाणपत्र दिनपर्नेमा जोड ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि दोहोरो अङ्कले ओरालो लाग्यो, शेयर कारोबार हुने साताको पहिलो दिन नै नेप्से ११ दशमलव ६,० अङ्कले घटेर दुई हजार ७५७ दशमलव ५,३ मा झार्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव ७,५ अङ्कले घटेर ५१८ दशमलव २,५ कायम ।

९.सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मस्र्याङ्दीको सुखद् सुरुवात, कतार एयरवेज सहिद स्मारक १–० ले पराजित, दोस्रो हाफमा दिनेश राजवंशीले गरेको गोल नै निर्णायक बन्यो, मंसिर ७ देखि काठमाडौंमा सुरु हुने यू–१९ राष्ट्रिय प्रतियोगिता लागि बागमती प्रदेशद्वार प्रतिश जि.सी.को कप्तानीमा १४ सदस्य टोली घोषणा ।

१०. लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीको डुबेर मृत्यु, माछा मार्नेहरुले समुद्रमा डुबेर गरे १५ जनाको उद्दार, सुडानमा सैन्य विद्रोहपछि पक्राउ परेका नागरिक नेतृत्वलाई रिहा गर्ने जनरल अब्देल फताह अल–बुर्हान र प्रधानमन्त्री अब्दल्ला हमडोक सम्झौता, खाडीमा अमेरिकी सेनासँग इरानी सैनिकको ‘सीधा लडाई’ मा नौ जना मारिए, चीनमा २.४३ अर्ब भन्दा बढी कोभिड–१९ को खोप लगाइयो ।

प्रतिक्रिया दिनुहोस्