Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम पूवार्नुमान


1.1k
Shares

काठमाडौैं । नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसरा हाल देशको पहाडी भु-भागमा आंशिक बदली रहेको छ भने बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेकोछ ।

आज दिउँसो प्रदेश नं १ लगायत अन्य पहाडी भू-भागहरूमा आंशिक बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

त्यसतै रातीको समयमा प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

आगामी दुई दिनको मौसम पूर्वानुमान
२०७८ मंसिर ७ गते (मंगलबार) दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरु का एक(दुई स्थानहरुमा हल्का हिमपातको को सम्भावना रहेको छ ।

त्यस्तै रातीः प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरु का एक/दुई स्थानहरुमा हल्का हिमपातको को सम्भावना रहेको छ ।

२०७८ मंसिर ०८ गते (बुधबार) दिउँसोः प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिकदेखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । त्यस्तै प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एकरदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरु का एक/दुई स्थानहरुमा हल्का हिमपातको को सम्भावना रहेको छ ।

रातीः प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरु का एक/दुई स्थानहरुमा हल्का हिमपातको को सम्भावना रहेको छ ।

आज प्रदेश १ को पहाडी भू-भागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखको पूर्वानुमान रहेको छ । त्यस्तै प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महशाखाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्