Logo
Logo

बारले आज प्रमुख दललाई ध्यानाकर्षणपत्र बुझाउने


1k
Shares

काठमाडौं । तिन सातादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज सोमबार प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ ।

प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदै आएको बारले दलहरुले कुनै कदम नचालेको भन्दै ३० कात्तिकमै दलहरुलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको थियो । बारको माग अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बार आन्दोलनरत छ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको बताइएको छ ।

१४ कात्तिकदेखि आन्दोलनरत बारले सर्वोच्च अदालतमा धर्ना दिँदै आएको छ । आज सोमबार पनि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्