Logo
Logo

विप्लव नेतृत्वको नेकपा सम्वद्ध जनजवर्गीय संगठनद्वारा तत्काल मूल्यवृद्धि फिर्ता गर्न माग



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सम्वद्ध जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै नेपाल आयल निगमको ध्यानाकर्षण गराएका छन् ।

सोमबार जुलससहित बबरमहलस्थित निगमको कार्यालय पुगेर जनवर्गीय संगठनका नेता कार्यकर्ताले बुझाउँदै जनताको जीवनयापनसँग प्रत्यक्ष जोडिने पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।

नेकपा निकट अखिल क्रान्तिकारी, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ, अखिल नेपाल जनसांस्कृतिक संघ, अखिल नेपाल महिला संघ, सहिद परिवार संगठनलगायत १६ वटा संगठनका प्रतिनिधिहरू निगम घेराउमा सहभागी भएका थिए । पेट्रोलिय पदार्थमा एकतर्फी रुपमा गरिएको मूल्यवृद्धि फिर्ता नगरे जस्तासुकै आन्दोलनका कार्यक्रम गर्नपनि पछि नपर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्