Logo
Logo

वामपन्थी एकता गर्ने ठूलो सपना पूरा भएन : प्रचण्ड


1k
Shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरिका जनताको ध्यान चितवनतर्फ आकर्षण भएको बताएका छन् ।

भरतपुर महानगरपालिकाले आज (सोमबार) आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशभरिका जनताको ध्यान चितवनतर्फ आकर्षण हुनुको धेरै कारण रहेको बताए । उनले भने, ‘यसभित्र केही लुकेको छ । मलाई थप जिम्मेवारी बढाएको छ ।’

उनले वामपन्थी एकताका लागि ठूलो सपना देखेको भए पनि त्यो पूरा गर्न नसकेको बताए । उनले भने, ‘हिजो देखेको सपना विल्कुल गलत होइन । तोड्नका लागि भित्र र बाहिरी जुनजुन शक्ति लागे बुझ्न जरुरी छ ।’

उनले भरतपुर महानगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराए । कार्यक्रममा उनले ८/१० वर्षभित्र विकासमा भरतपुर महानगर र चितवनले क्रान्ती ल्याउने बताए ।

यसलाई देशव्यापीरुपमा बिस्तार गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । नारायणी नदी तटबन्धन गरेर हजारौँ बिघा जमिन संरक्षण गर्न सकिने भन्दै उहाँले यसबाट सुन्दर नगर बनाउन सहयोग पुग्ने बताए ।

भरतपुर महानगरमा भएको विमानस्थल बिस्तारको काम अघि बढेको, नारायणी नदीमा सिग्नेचर पुलको काम अघि बढाइएको, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा, निस्सा र स्थानान्तरणको प्रक्रिया अघि बढेको, रिङरोड र लिङ्क रोडको काम अघि वढेको भन्दै देशकै नमूनाका रुपमा भरतपुरमा विकास गति लिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्