Logo
Logo
एमालेको १०औं महाधिवेशन

बन्द सत्र भद्रगोल !

सात सय क्षमताको सभाहलमा २३ सय प्रतिनिधि र स्वयंसेवक कसरी अटलान् ?



चितवन । नेकपा (एमाले)को १०औं महाधिवेशनको चितवनमा हुँदैछ । उदघाटन सत्र नारायणी नदीको किनारमा र बन्द सत्र पर्यटकीय नगरी सौराहामा गर्ने निर्णय एमालेले गरेको छ ।

एमालेको महाधिवेशन प्रतिनिधि १९ सय ९९ रहेका छन् । तर, बन्द सत्र हुने होटेलमा सात सय भन्दा बढी मान्छे अटन सक्दैन् । सौराहाको सेभेन स्टार होटेलमा बन्द सत्र गर्ने कार्यक्रम रहेको छ । तर सेभेन स्टार होटेलको हलमा सात सय भन्दा बढी मान्छे अटन सक्दैन् ।

१९ सय ९९ प्रतिनिधिका साथै तीन सयभन्दा बढी स्वयंसेवक बन्द सत्रमा सहभागी हुनेछन् । तर सेभेन स्टार होटेलको हलले यति क्षमता धान्न सक्दैन् । एमालेले प्रतिनिधि नै अटन नसक्ने सभाहलमा किन बन्द सत्र गर्दैछ भन्ने प्रश्न महाधिवेशन प्रतिनिधिले नै उठाएका छन् ।

सौराहाका एक पर्यटन व्यवसायीका अनुसार सौराहामा दुई सय भन्दा बढी होटेलहरु छन् । तर सात सय भन्दा बढी मान्छे अटने सभाहल कुनै होटेलको छैन् । प्रतिनिधि र स्वयंसेवकहरु रातिको समयमा बस्न सक्ने कोठाहरु छन् तर यति धेरै मान्छे अटने क्षमताको सभाहल नभएको ति व्यवसायीले बताए ।

‘सबैभन्दा बढी मान्छे अटने सभाहल भएको होटेल सेभेन स्टार नै हो । तर त्यहाँ सात सय भन्दा बढी मान्छे अटन सक्दैन्’ ती व्यवसायीले भने ।

एमालेको १०औं महाधिवेशनमा मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ जना सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्