Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन मागदेखि निगम घेराउसम्म



हेडलाइन्स्

१. प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन नेपाल बार एसोसिएसनको माग, महाअभियोग लगाउन माग गर्दै नेपाल बारले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमील्सिना, सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई बुझायो ज्ञापनप, प्रधानन्यायाधीशले संवैधानिक जिम्मेवारी इमान्दारीपूर्वक पालना नगरेको र प्रत्यक्ष रुपमा न्यायपालिकामा विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार बढाउन मुख्य भूमिका खेलेको आरोप ।

२. नेकपा एमालेको १०औं महाधिवेशनको तयारी अन्तिम चरणमा, बन्द सत्र सेभेन स्टार होटेलमा गरिने, बन्द सत्रमा १९ सय ९९ प्रतिनिधिका साथै तीन सयभन्दा बढी स्वयंसेवक परिचालन गरिने, निगरानीका लागि दुई वटा ड्रोन प्रयोग हुने, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप एक सय ट्राफिक प्रहरी परिचालन ।


३. नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पार्टीको अधिवेशन प्रारम्भ, अधिवेशन भएका जिल्लामा मतदान भई परिणाम प्राप्त, सर्वसम्मतिको प्रयास भइरहेकोलगायतका देशभरबाट जानकारी प्राप्त भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका सूचना अधिकारी केशव रिजालको भनाइ, आज प्रारम्भ हुन नसकेका निर्वाचन क्षेत्रमा समितिको सहमतिमा भोलिदेखि हुने ।

४. चितवनमा ६ जना मन्त्रीको सहभागितामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गराए विकास बहस, भरतपुर महानगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण, विमानस्थल बिस्तार, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा, नारायणी नदीमा सिग्नेचर पुल निमार्ण, रिङरोड र लिङ्क रोडको काम अघि बढेकाे जानकारी, देशकै नमूनाका रुपमा भरतपुरमा विकास गति लिएको भनाइ ।

५. राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा सबै जुट्न राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह, प्रदेश–२ प्राचीन मिथिलाका अष्टावक्र, याज्ञवल्क्य, गार्गी, मैत्रेयी र राजा जनकसहितका विद्वान, विदुषीको साधना र तपको थलोका रुपमा परिचित भएको धारण, तराई क्षेत्र अन्न उत्पादनको उर्वर भूमि रहेको हुँदा कृषिमा नयाँ प्रविधिको प्रयोग र अभ्यास बढाउँदै किसानलाई आधुनिक खेतीतर्फ लाग्न आवश्यक सीप, प्रविधि र सुविधा बढाउन स्थानीय तह, प्रदेश र केन्द्रसहित तीनै तहका सरकारले पहलकदमी लिनपर्ने भनाइ ।

६. सर्वोच्च अदालत नियमावली २०७४ को संशोधन राजपत्रमा प्रकाशित, मंगलबार गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रारम्भ गर्न सर्वोच्च अदालतको पूर्ण बैठक राख्ने तयारी, पेसी व्यवस्थापन निर्देशन समितिमा प्रधानन्यायाधीश र दुईजना वरिष्ठतम् न्यायाधीश तथा मुख्य रजिष्ट्रार गरी ४ सदस्य रहने ।

७. नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सम्वद्ध जनवर्गीय संगठनहरुद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग, अखिल क्रान्तिकारी, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ, अखिल नेपाल जनसांस्कृतिक संघ, अखिल नेपाल महिला संघ, सहिद परिवार संगठनलगायत १६ वटा संगठनका प्रतिनिधिहरूले निगम घेराउ गरे, मूल्यवृद्धि फिर्ता नगरे जस्तासुकै आन्दोलन गर्नपनि पछि नपर्ने चेतावनी ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७.९० अङ्कले उकालो लागेर दुई हजार ७६५.४३ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ अङ्कले उकालो लागेर ५१९.४६ मा, कारोबार रकम भने ओरालो लाग्यो, कूल २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ मा खरिद बिक्री, कूल १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर उकालो लाग्यो ।

९. सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक उपविजेता त्रिभुवन आर्मी र नेपाल पुलिस १-१ गोलको बराबरी, पुलिसका लागि सन्तोष हेमरामले गोल गर्दा आर्मीको विवेक बस्नेतले गोल गरे, आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित, वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पूरा ।

१०. अष्ट्रेलियाले डिसेम्बर १ देखि पूर्ण खोप लगाएकालाई प्रवेश अनुमति दिने, स्वीडेनको एरिक्सनले अमेरिकी क्लाउड अपरेटर भोनेज किन्ने, इरानको मानवीय सहायता सामग्री अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा पुग्यो, चीनले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठायो ।

प्रतिक्रिया दिनुहोस्