Logo
Logo

अफगानिस्तानमा मानवीय सहायता सहयोग



काठमाण्डौं । अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउन थालेका छन् । मुख्यगरी अफगानिस्तानमा खाद्यान्न, लत्ताकपडा र औषधि पठाउन थालिएको हो । हाल अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जा गरेपछि त्यहाँका नागरिक समस्यामा परेका छन् ।

इरानले अफगानिस्तानलाई पठाएको मानवीय सहायता सामग्रीको पहिलो खेप पूर्वी अफगान प्रान्त नान्गाहार पुगेको प्रान्तीय अधिकारी मवलावी निआज मोहमद वाहाजले बताए ।

इरान सरकारले अफगानिस्तानका नागरिकका लागि जाडो मौसममा आवश्यक न्यानो कपडा पठाएको छ । चीनले पनि अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाएको छ । एक हजार टन सामग्री पठाइएको चिनियाँ अधिकारीलाई उदृत गरी समाचार संस्था सिह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्