Logo
Logo

बुबाले गरे छोराछोरीमाथि एसिड प्रहार



काठमाडौं । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बुबाले मदिरा पान गरेर छ्यापेको एसिड लागेर १ छोरा १ छोरी घाइते भएका छन्।

सोलु दूधकुण्ड नगरपालिका ५ वसन्त बजारका अन्दाजी ५५ वर्षका मोहन बराइलीले गएराति ८ बजे छोराछोरी माथि एसिड प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।घाइतेमध्ये छोराको अवस्था गम्भीर छ ।

एसिड लागेर २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्