सिन्धुपाल्चोकका अग्नीपीडित परिवारलाई राहत वितरण « Drishti News – Nepalese News Portal
Logo

सिन्धुपाल्चोकका अग्नीपीडित परिवारलाई राहत वितरण


दृष्टि संवाददाता


सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका इचोकमा भएको आगलागीपीडित तीन परिवारलाई राहत वितरण गरिएको छ । बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य युवराज दुलाल, वाइसीएल जिल्ला इन्चार्ज सुरेश राना, माओवादी २ नं क्षेत्रीय अध्यक्ष भरत थापा, हेलम्बु अध्यक्ष पेमा ह्योल्मो, जिल्ला कमिटी सदस्य सिपी दुलाल, हेलम्बु–५ का अध्यक्ष मिङमार तामाङलगायतको टोली मङ्गलबार घटनास्थल पुगेर राहत सामग्री वितरण गरेको हो ।

राहतमा प्रतिपरिवार रु १७ हजार नगद, तीन बण्डल जस्तापाता, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडालगायत रु ५६ हजारको सामग्री वितरण गरिएको जिल्ला कमिटी सदस्य सिपी दुलालले जानकारी दिनुभयो । सोमबार साँझ इचोक सुर्सिङ झाँक्रीटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको थियो ।

सञ्च तामाङको गोठमा आगलागी हुँदा मृत्यु हुनेहरुमा सञ्च तामाङका छोरा छ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र साइला तामाङका पाँच वर्षीय छोरा दिलबहादुर तामाङ रहेका छन् । पीडामा रहेका पीडितका लागि केही सामग्री वितरण गरेको भन्दै पूर्वमन्त्री दुलालले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । दुलालको सहयोगपछि पीडित परिवारले आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्