Logo
Logo

अमेजन र एप्पल कम्पनी २० करोड यूरो जरिबानामा



काठमाण्डौं । इटालीमा अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिबाना गरिएको छ । बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पललाई २० करोड यूरो जरिबाना लगाएको हो ।

एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ । एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक बिक्रेतालाई तत्कालका लागि अमेजन मार्फत् काम गर्न पनि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्