Logo
Logo

दुर्घटनमा परी अखिल क्रान्तिकारीका नेताको मृत्यु



काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटी संयोजक सुवर्ण देवकोटाको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ ।

मंगलबार तनहुँको भन्सारमा उनी चढेको बा४५प २३८ नम्बरको स्कुटरलाई ना६ख ९१३४ नम्बरको बसले ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते उपचारका लागि दमौली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम तनहुका सइ डम्बर क्षेत्रीले बताए । मृतक देवकोटा पालुङटार नगरपालिका ४ निवासी हुन् । ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्