हातपात भएको रूपन्देही २ मा पौडल पक्षका लम्साल विजयी « Drishti News – Nepalese News Portal
Logo

हातपात भएको रूपन्देही २ मा पौडल पक्षका लम्साल विजयी


दृष्टि संवाददाता


काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन् । गएराति यहाँ मतगणना विवाद हुँदा पौडेल पक्षका महाधिवेशन प्रतिनिधि दिध वहादुर केसीमाथि हातपात भएको थियोे ।

मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पार्टीको संस्थापन इतर समुहका लम्साल विजयी भएका हुन्। पौडेल पक्षका सभापतिमा विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा देउवा पक्षका अर्का प्रतिस्पर्धी काजिमान श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टिकाराम शर्माले बताए ।

त्यस्तैगरी सचिव पदमा श्रेष्ठ समुहका उम्मेदवार प्रजापाल गिरी र लम्साल समूहबाट बिमलराज भट्टराई निर्वाचित भएका छन् । सचिवमा निर्वाचित श्रेष्ठ समुहका गिरीले ४२९ मत र लम्साल समूहबाट निर्वाचित भट्टराईले ३६८ मत प्राप्त गरेका छन्।

सहसचिव पदमा लम्साल समुहका मिलन थापा ९३५१० र राजबहादुर क्षेत्री ९३४०० मत सहित विजयी भएका छन् । महाधिवेशन प्रतिनिधिमा पनि मिश्रित परिणाम आएको छ ।

प्रतिक्रिया दिनुहोस्