Logo
Logo

जापान र अस्ट्रेलिया पढ्न जाने भीसा खुल्यो



काठमाडौं । उच्च शिक्षामा अस्ट्रेलिया र जापान जान चाहने विद्यार्थीलाई प्रवेशाज्ञा भीसा दिएको छ । कोरोनाका कारण बन्द रहेको वैदेशिक गन्तव्य खुला हुने भएको हो ।

यहिले यी दुवै मुलुक उच्चशिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् । अस्ट्रेलिया​ सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको नेपाल शैक्षिक परामर्श सङ्घ इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । पछिल्लो समय अस्ट्रेलिया र जापान पढ्न जाने विद्यार्थीको संख्या बढेको छ ।

जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विदेशीका लागि पर्यटक भीसाबाहेक अन्यका लागि बोर्डर खुला गरिसकेको छ । दुवै सरकारको निर्णयले नेपाली विद्यार्थीलाई ठूलो राहत मिल्ने मङ्गलबार पत्रकार सम्मेलन गरेर पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्