Logo
Logo

यस्तो छ आजको मौसम



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै, प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्