एमाले महाधिवेशनमा आउँने गाडी भरतपुर र गैँडाकोटमा रोकिने « Drishti News – Nepalese News Portal
Logo

एमाले महाधिवेशनमा आउँने गाडी भरतपुर र गैँडाकोटमा रोकिने


दृष्टि संवाददाता


काठमाण्डौं । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनको पर्सि १० गते हुँदै छ । हाल चितवनको नारायणगढ बजारमा चहलपहल बढेको छ ।

उद्घाटन कार्यक्रममा पाँच लाख मानिस उतार्ने एमालेको तयारी छ ।
तर, काठमाण्डौसँग जोडिएको मुख्य सडकखण्ड भएकाले महाधिवेशनका क्रममा यो सडकखण्डमा गाडीको आवागमन प्रभावित हुने देखिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार पर्सि नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र अन्य मुख्य शहरी क्षेत्रमा गाडी चलाउन रोक लगाइएको छ । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म गाडी रोकेर मानिसलाई मात्रै हिँडडुल गर्ने व्यवस्था मिलाइने छ । पूर्वबाट आउने गाडीलाई भरतपुर केन्द्रीय बसपार्क क्षेत्रमा रोकिने छ भने पश्चिमबाट आउने गाडीलाई गैँडाकोटमै रोक्ने तयारी छ ।

मुग्लिन हुँदै काठमाण्डौ, पोखराबाट आएका गाडी बजार भन्दा पर आँपटारीमा रोकिने छन् । यस्तै, पश्चिम चितवनबाट छुटेका गाडीलाई भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिने छ ।

प्रतिक्रिया दिनुहोस्