Logo
Logo

जसपा कार्यसमिति विस्तार हुँदै, १३ जना महिला राख्नुपर्ने प्रवधान



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाले कार्यकारिणी समिति विस्तार गर्न भएको छ ।

हाल जसपाको कार्यकारिणी समिति ३५ सदस्यीय रहेकामा बढाएर ५३ सदस्यीय बनाउन लागिएको हो । पार्टीले १८ जना थपेर ५३ सदस्यीय कार्यकारिणी समिति सदस्य बनाउन गृहकार्य गरेको छ ।

मंसिर ५ गतेदेखि चलिरहेको कार्यकारिणी समितिको बैठकमा त्यस बारेमा छलफल छ । जसपाले कार्यकारिणी समिति विस्तार गर्दा १८ जनामध्ये १३ जना महिला राख्नुपर्ने हुन्छ ।

संविधान अनुसार ३३ प्रतिशत महिला अनिवार्य राख्नुपर्ने भएकाले १३ जना अनिवार्य रुपमा महिला समावेश गर्नुपर्ने बाध्यतामा जसपा परेको हो । ५३ को ३३ प्रतिशत १८ हुन्छ । १८ जना महिनामध्ये अहिले जसपाको कार्यकारिणी समितिमा ५ जना महिला मात्र छन् ।

प्रतिक्रिया दिनुहोस्