कांग्रेस नेतृ संग्रौलाको ‘कांग्रेसको अबको बाटो’ सार्वजनिक « Drishti News – Nepalese News Portal
Logo

कांग्रेस नेतृ संग्रौलाको ‘कांग्रेसको अबको बाटो’ सार्वजनिक


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेतृ डा. डिला संग्रौलाद्वारा लिखित कांग्रेसको अबको बाटो नामक पुस्तकको विमोचन गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त किताबको माध्यमबाट नेपाली कांग्रेसलाई आगामी दिनमा कुन बाटोबाट अगाडि बढ्ने भन्ने कुरामा मदत पु¥याउने विश्वास व्यक्त गर्दै किताबमा उल्लेखित राम्रा पक्षहरुलाई कांग्रेसमा लागू गर्न पहल गर्ने बताए ।

प्रधानमन्त्री देउवाले लेखक संग्रौलाले महिला हक हितको लागि सदैव आवाज उठाएकाले कांग्रेसको लोकप्रिय नेतृ बन्न सफल भएको भन्दै लेखक संग्रौलाको प्रशंसा समेत गरे ।

लेखक संग्रौलाले राष्ट्रियता, प्रजातन्त्र र लोकतन्त्रको मुल मर्ममा टेकेर कांग्रेस भित्रका कमी कमजोरीलाई केलाउँदै कांग्रेसलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा पाटी पंक्तिभित्र तथा बाहिर व्यापक बहस सिर्जना गर्ने उदेश्यले उक्त पुस्तक लेखेको बताइन् ।

संग्रौलाले आसन्न १४औँ महाधिवेशनमा उक्त पुस्तकलाई एजेण्डा बनाएर लैजाने लक्ष्य लिएको जानकारी दिए । पुस्तकमा कांग्रेसको संक्षिप्त परिचय, कांग्रेसको संद्धान्तिक स्पष्टता, कांग्रेसको अबको बाटो, जनताले चाहेको अबको कांग्रेस र १४औँ महाधिवेशनको एजेण्डाहरु लगायत आठ उपशिर्षकमा पुस्तक बाँडिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्