Logo
Logo

सुनको मूल्य आज पनि घट्यो



काठमाण्डौं । आज पनि सुनको भाउ पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले सुनको मूल्य घट्नु र बढ्नुको खास कारण छैन । तर, पनि भाउमा उतारचढाव आइरहेको छ ।

संकटमा परेको अर्थतन्त्र उकास्न पावेले लिएको रणनीतिको असर सुनमा परेको हुन सक्ने महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँ रहेको चाँदी आज १२ सय २५ रुपैयाँमा कारोबार भइको छ ।

प्रतिक्रिया दिनुहोस्