Logo
Logo
एमालेको १०औँ महाधिवेशन

एमालेका शीर्ष नेताहरु चितवन ओइरिन सुरु



काठमाडौं । यही १० मंसिरदेखि हुने एमालेको १०औँ महाधिवेशनको लागि एमालेका शीर्ष नेताहरु ओइरिन चितवन सुरु भएको छ ।

बुधबार मूल आयोजक समितिका संयोजक रामबहादुर थापा ‘बादल’, सहसंयोजक सुरेन्द्र पाण्डे, प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा, बागमती प्रदेश अध्यक्ष आनन्द पोख्रेल चितवन पुगेका छन् । उनीहरू आजैदेखि चितवनमै रहने एमाले भएका छन् ।
नेता रामप्रसाद न्यौपानेका अनुसार उनीहरु महाधिवेशनको तयारीका लागि बुधबार नै चितवन पुगेका हुन् ।

फाइल फोटो

पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू भने बिहीबार चितवन पुग्नेछन् । चितवनमै एमाले केन्द्रीय कमिटिको अन्तिम बैठकको तयारी भइरहेको छ । एमालेको १०औंँ महाधिवेशनको उद्घाटन नारायणी नदी किनारमा हुँदैछ भने बन्दसत्र होटल सेभेन स्टारमा हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्