Logo
Logo

पाँचथर कांग्रेसको सभापतिमा जवेगु निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पाँचथर जिल्लाको सभापतिमा रुपनारायण जवेगु निर्वाचित भएका छन् ।

मंगलबार राति सार्वजनिक भएको जिल्ला अधिवेशनको मतपरिणाम अनुसार उनले ६३४ मत पाए भने अर्का प्रतिस्पर्धी सुरेन्द्रकुमार दाहालले ४१६ मत पाएका छन् । उनी यस अगाडि कार्यसमिति सचिव थिए । कांग्रेसको संस्थापन समूहका उनी कांग्रेस युवा पुस्ताका लोकप्रिय छन् ।

यस्तै जिल्ला कार्यसमितिको उपसभापतिमा डिकेन्द्र चेम्जोङ ४५१ मत र वृजहाङ आङदेम्बेले ६२५ मत ल्याएर निर्वाचित भएका छन् ।

त्यस्तै दुई सचिवमा डेकेन्द्र तामाङ ४७० मत र दिपक नेपाल ५२७ मत ल्याएर विजय भएका छन् । सहसचिवमा गजेन्द्र राई र सन्तोष श्रेष्ठ निर्वाचित भएको नेपाली कांग्रेसका निवर्तमा सभापति नरेन्द्र कुमार केरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्