Logo
Logo

नेपालको बजेट प्रणाली समस्याग्रस्त : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रणाली समस्याग्रस्त रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रका संघले आयोजना गरेको ‘आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजि साझेदारी विषयक’ कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘आर्थिक पुनरूउत्थानमा सरकारको सहुलियत दिने प्रयास जारी छ, तर पूर्ण छैन, राहतका कार्यक्रम निजी क्षेत्रको अपेक्षाकृत छैन । त्यसलाइ पुरा गर्ने प्रयास जारी छ ।’

अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल रहेको अर्थमन्त्री शर्माको भनाइ छ । उनले भने, ‘भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त भएको हो ।’

कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलित उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको उनले बताए । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको भन्दै ठूला पुर्वाधार निर्माणमा सरकारसँग मिलेर काम गर्न उनले निजी क्षेत्रलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्