उच्च अदालत पाटनमा कानुन व्यवसायीको धर्ना « Drishti News – Nepalese News Portal
Logo

उच्च अदालत पाटनमा कानुन व्यवसायीको धर्ना


दृष्टि संवाददाता


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले बुधबार पनि सर्वोच्च परिसरमा धर्ना दिएका छन् ।

धर्नाका क्रममा सहभागी अधिवक्ता, वलिकहरुले प्रधानन्यायधिशबिरुद्ध चर्का नारा लगाएका थिए । उनीहरुले प्रधानन्यायधिशको राजीनामा नआएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

सर्वोच्चमा धर्ना दिएपछि बारका पदाधिकारीहरु उच्च अदालत पाटनमा धर्नाका लागि पुगेका थिए । बारको आन्दोलन अन्तर्गत बुधबार देशभरका उच्च अदालतमा प्रर्दशन भएको छ ।

उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालतमा बारले २ घन्टा कालोपट्टीसहितको धर्ना र विरोध कार्यक्रमको आयोजना गरेको हो । बारले बिहीबार काठमाडौंमा सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्