Logo
Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र


756
Shares

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

विभिन्न ६ बिद्यार्थी संगठनले संयुक्त रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आज प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री देउवाले मूल्यवृद्धिको बिषयमा सम्बन्धीत निकायमा परामर्स गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले बताईन् ।

मूल्यवृद्धि विषयमा सडकमा बिद्यार्थी संगठनले उठाएको मागप्रति सरकार गम्भिर रहेको भन्दै प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गरिने भन्दै बिद्यार्थी संगठनका नेताहरुलाई आस्वस्थ रहन आग्रह गरेका छन् । सम्बन्धित निकायसँग परामर्श गरेर मूल्य संभव भए सम्म समायोजन गर्ने प्रयास हुने अश्वासन प्रधानमन्त्रीले दिएको अध्यक्ष सिंहले बताइन् ।

अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल (क्रान्तिकरी) अध्यक्ष प्रकाश शाही, मोहन बैध निकट अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेललगायतकाले संयुक्त हस्ताक्षर गरेर ज्ञापन पत्र बुझाएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आधारभुत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएका हुन । पछिल्लो पटक इन्धनमा गरिएको मूल्यवृद्धिपछि सरकारले सडकबाट दैनिक जसो युवा विद्यार्थी संगठनहरुको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्