Logo
Logo

गुण्डा नाइके लामा कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित



काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका गणेश लामा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको उनले समाजिक सञ्जालबाट जानकारी दिएका छन् । उनले पार्टी संगठन विस्तारमा लाग्ने पनि बताएका छन् ।

लामा कांग्रेस उपसभापति विजयकुमार गच्छदारनिकट मानिन्छन् । गच्छदार नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष हुँदा लामा उक्त पार्टीको केन्द्रीय सदस्य थिए । गच्छदारले २०७४ मा पार्टी कांग्रेससँग मिलाएका थिए।

लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । लामाको काभ्रेली समूह काठमाडौं सहितका क्षेत्रमा असुली तथा अपहरण लगायतका घटनाहरुमा संलग्न हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्