Logo
Logo

आज ३३२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु



काठमाडौं । नेपालमा बुधबार थप ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५ सय ९० पिसिआर परिक्षणका क्रममा ३ सय ५ जना र २ हजार ३ सय ३० एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १५ हजार ४ सय १ पुगेको छ । त्यस्तै थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ३२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १ हजार १ सय २२ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ३ सय ६९ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्