Logo
Logo

माधवप्रति ओलीको कटाक्ष- एमालेसँग कांग्रेसको पुच्छरले धाक लगाउने ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई ‘कांग्रेको पुच्छर’ भएको टिप्पणी गरेका छन् । मंगलबार साइबर सर्कल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त टिप्पणी गरेका हुन् ।

कांग्रेसको पुच्छर समातेर धेरै फुर्ति लगाउन नहुने ओलीको भनाइ छ । उनले भने, ‘यिनीहरु दुई चार दिनका मेहमान हुन् । अहिले कांग्रेसको पुच्छर समातेर बडा फुर्ति लगाइरहेका छन् । पिठ्यूमा झिँगो बसेर कांग्रेसले यसो पुच्छर हल्लायो भने यिनीहरु कहाँ पुग्छन् कहाँ । कांग्रेसका पुच्छरले यत्रो धाक लगाउने, एमालेसँग ?

अध्यक्ष ओलीले एमाले जनताको पार्टी भएको बताए । उने भने, ‘भन्ने गरेका छन्, एमाले एकतिर अरु एकतिर । अब नेकपा एमाले भनेको पार्टीको नाम मात्रै होइन, नेपाली जनता र नेपाली शक्ति हो । एमाले एकतिर भनेको जनता एकतिर हो ।’

उनले माधव नेपालले हिन्दी फिल्मका भिलेनको डाइलग बोलेको भन्दै कटाक्ष पनि गरे । ‘केही व्यक्तिहरुले बोल्दै हिँडको सुन्नुभएको होला । विभिन्न कुराहरु बोल्दै हिँडेका छन् । एकजना सात वर्षजति अगाडि अध्यक्षको चुनावमा मसँगै पराजित भएको मान्छेले हिन्दी फिल्मको भिलेनको डाइलग बोलेछन् । के भनेछन् भने जो हमसे टकराएगा ओ चुरचुर हो जायगा । सात वर्ष अगाडि हारेको मान्छे । त्यसबेला को चुरचुर भएको थियो ? मलाई अचम्म लाग्यो । कसरी बोल्न सक्या होला ।’

प्रतिक्रिया दिनुहोस्