Logo
Logo

सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथा लागू गरिने



काठमडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोकिने भएको छ । बुधबार न्यायाधीशहरुको छलफलले मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास तोक्ने सहमति गरेको हो ।

गोलाप्रथा प्रणाली लागू गर्नेबारे निर्णय गर्न भोलि (बिहीबार) सर्वोच्च अदालतको पूर्ण )फुल कोर्ट) बैठक बस्ने भएको छ । फूल कोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेक सबै न्यायाधीशरु सहभागी हुने जनाइएको छ ।

सअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्