Logo
Logo

अब कसैसँग एकता र एकीकरण हुँदैन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेले कसैसँग एकता र एकीकरण नगर्ने बताएका बताएका छन् । बुधबार साइबर सर्कल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले एकता र एकीकरण गर्नुपर्ने कुनै पार्टी नभएको बताए ।

अरु पार्टीमा रहेकाहरु भने एमालेमा आउन सक्ने बताए । उनले भने, ‘अब नेकपा एमालेले एकता र एकीकरण गर्ने पार्टी कुनै पार्टी बाँकी रहेन । त्यसकारण नो एकता, नो एकीकरण । आउनुुहोस्, नेकपा एमालेमा मिलेर काम गरौं ।’

ओलीले अब एकता र एकीकरण कोसँग गर्ने ? मावध नेपालसँग ? भन्दै प्रश्न गरेका थिए । उनले भने ‘अब एकता एकीकरण, एकताका लागि वार्ता । वार्ता कोसँग? माधव नेपालसँग गर्ने ? एकीकरण? माधव नेपालले झुक्याएर लगेका साथीहरु निद्राबाट ब्युँझिनुस्। ब्युँझिनुस् र फर्किनुस् ।’

प्रतिक्रिया दिनुहोस्