अफगानिस्तानको राजधानी नजिकै दुई व्यक्तिको गोली हानी हत्या « Drishti News – Nepalese News Portal
Logo

अफगानिस्तानको राजधानी नजिकै दुई व्यक्तिको गोली हानी हत्या


दृष्टि संवाददाता


एजेन्सी । सशस्त्र मानिसहरूको एक समूहले बुधबार बिहान अफगानिस्तानको राजधानी काबुल नजिकै चार धार्मिक व्यक्तिलाई लक्षित गरी गोली चलाउँदा बुधबार दुई जनाको मृत्यु भएको छ ।

दुई जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य दुई जना सख्त घाइते भएका स्थानीय सञ्चार माध्यमहरूले अफगानी अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

रूसी समाचार एजेन्सी स्पुत्निकका अनुसार यी चार जनालाई कोपिसा प्रान्तको मुख्य शहर महमूद राकको इस्लामी एक विद्यालयबाट घर फर्किने क्रममा आक्रमण गरिएको थियो ।

आक्रमणकारीहरूले गोली हानी घटनास्थलबाट भागेको भन्दै तत्काल आक्रमणकारीको परिचय नखुलेको प्रहरीले बताएको छ । घटनाको बुधबार समाचार तयार पार्दासम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्