Logo
Logo

सर्वोच्च अदालत भ्रष्टाचार, सेटिङ र अनियमितताबाट ग्रसित छ : विप्लव



काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालत भ्रष्टाचार, अनियमितता, सेटिङ, घुसखोरी, नातावाद, कृपावाद, दलगत स्वार्थ र सम्बन्ध लगायतका समस्याहरूबाट ग्रसित रहेको बताएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपाले न्यायपालिकाभित्र मौलाएको विकृतिलाई अन्त्य गर्नका लागि जनमत संग्रह गर्नुपर्ने बताएको हो ।

विज्ञप्तिमा नेपालको विद्यमान न्यायपालिका र सर्वोच्च अदालत भ्रष्टाचार, अनियमितता, सेटिङ, घुसखोरी, नातावाद, कृपावाद, दलगत स्वार्थ र सम्बन्ध लगायतका समस्याहरूबाट ग्रसित रहेको उल्लेख गरिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘यो समस्या व्यक्ति विशेषको मात्र नभएर नेपालमा सत्तासीन दलाल पुँजीवादी वर्गको संसदीय व्यवस्थाको गइभिर समस्या हो । यसको अन्तिम र रणनीतिक समाधान सङ्घर्षरत पक्षले दलाल संसदीय व्यवस्था र भ्रष्ट एवं जनविरोधी न्यायपालिकाको अन्त्य गरेर नेपाली श्रमजीवी जनताको वैज्ञानिक समाजवादी राज्य व्यवस्था र न्याय प्रणालीको स्थापनाबाट खोज्नु पर्दछ । यसका निम्ति जनमत सङ्ग्रह उपयुक्त राजनीतिक कार्यक्रम सिद्ध भएको छ ।’

नेकपाले सर्वोच्च अदालतमा देखिएको विवाद तत्कालका लागि नियन्त्रण गर्न समस्यासँग सम्बन्धित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लगायतका न्यायधिकारीहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उचित ठहरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्