Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

न्यायालय विवादको उत्कर्षदेखि अमेरिका र तालिवानबीच वार्तासम्म



हेडलाइन्स्

१. सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोकिने, गोलाप्रथा प्रणाली लागू गर्नेबारे निर्णय गर्न बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बस्दै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहेक सबै न्यायाधीश सहभागी हुने ।

२. नेकपा एमालेको १०औं महाधिवेशनको तयारी अन्तिम चरणमा, चितवनस्थित महाधिवेशनस्थल नारायणी किनारमा उद्घाटन शत्रका लागि मञ्च मनाउने काम धमाधम, प्रतिनिधि पर्यवेक्षकलाई आवासका लागि आवश्यक होटल बुकिङ, स्थायी कमिटी बैठकद्वारा १०६ जना प्रतिनिधि मनोनित, मनोनित हुनेहरुमा स्वास्थ्य व्यवसायी दुर्गा प्रसाइँदेखि पूर्वमाओवादी नेता बालकृष्ण ढुङ्गेलसम्म ।

३. अब एमालेले कसैसँग एकता र एकीकरण नगर्ने अध्यक्ष केपी शर्मा ओलीको भनाइ, माओवादी नेताले जनताका छोराछोरीलाई युद्धमा होमेर आफ्ना सन्तानलाई विदेश पढ्न पठाएको आरोप, नेकपा (एकीकृत समाजवादी) पार्टी ‘कांग्रेको पुच्छर’ भएको टिप्पणी ।

४. आफूले भनेको नमान्दा केपी शर्मा ओलीले प्रधानमन्त्री पद गुमाएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने धारणा, वर्तमान सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह, तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने जोड ।

५. आगामी निर्वाचन नेकपा एमालेको बेहाल हुने नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नपालको उद्घोष, ओलीले सूर्यको धाक देखाएर केही गर्न नसक्ने दाबी, नागरिकता विधेयकमा देखिएको समस्या समाधान हुने र सबै नेपालीले नागरिकता पाउनेमा विश्वस्त, प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाउनु नै न्यायोचित हुने धारणा ।

६. विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को धारणा, विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुपर्ने, समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने, नयाँ विद्यालय खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्नेमा जोड, धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भएको दाबी ।

७. आफ्नै पार्टीका नेताद्वारा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग, पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने र नियुक्त गर्ने काम गरेको भन्दै असन्तुष्टि, आफूलाई पार्टीमा छलफल नै नगरी मन्त्री पदबाट हटाएर अपमान गरेको रामनरेश रायको भनाइ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पार्टीभित्र एकपक्षीय रुपमा अगाडि बढ्न थालेको आरोप ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १ दशमलव ८,९ अङ्कले उकालो लागेर दुइहजार ७३५ अङ्कमा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्सन शुन्य २,९ अङ्कले ओरालो लागेर ५१५ दशमलव १९ मा सीमित, ७४ लाख ४५ हजार २२७ कित्ता शेयर चार अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ मूल्यमा खरिद बिक्री, चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयातमा ६१ दशमलव ५७ र निर्यातमा १०४ दशमलव २,९ प्रतिशतले वृद्धि, व्यापार घाटा पाँच खर्ब ६८ अर्ब ।

९. यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशको सानदार जीत, लुम्बिनी प्रदेश १ सय ४० रनको फराकिलो अन्तरले पराजित, बागमती प्रदेशसँग गण्डकी प्रदेश ७५ रनले पराजित, टी–२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न सन्दिप लामिछाने अष्ट्रेलिया प्रस्थान, चौथो ‘सम्झना कप’ अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १२ गतेदेखि हुने ।

१०. स्विडेनमा पहिलोपटक महिला प्रधानमन्त्रीमा निर्वाचित, संयुक्त राज्य अमेरिका र अफगानी तालिबान समूहबीच वार्ता हुने, अमेरिकासँग सम्बन्धको ‘नयाँ अध्याय’ खोल्न वार्ता गर्न लागेको तालिबानको भनाइ, अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा नेपालसहित ११० देशलाई निमन्त्रणा, अफगानिस्तानको राजधानी काबुल नजिकै चार धार्मिक व्यक्तिलाई लक्षित गरी गोली चलाउँदा दुई जनाको मृत्यु र दिल्ली विश्वकै अतिप्रदूषित शहर ।

प्रतिक्रिया दिनुहोस्