Logo
Logo

नेपालगञ्ज एयरपोर्टमा बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो



काठमाडौं । नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा बुद्ध एयरको विमान स्यालसँग ठोक्किएको छ ।

बुधबार साँझ ७ बजे त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको एटिआर– ७२ विमान ‘स्याल’सँग ठोक्किएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अवतरणका क्रममा ‘स्याल’सँग ठक्कर खाए पनि विमान र यात्रु शकुसल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्