Logo
Logo

पूर्वप्रधानमन्त्री खनाल र भारतीय कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता



काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र भारतीय कम्युनिष्ट पार्टी (भाकपा) मार्क्सवादीका पोलिटव्युरो सदस्य जोगेन्द्र शर्माबीच भेटवार्ता भएको छ ।

बुधबार एकीकृत समाजवादीको विदेश विभाग प्रमुखसमेत रहेका खनाल र शर्माबीच नयाँबानेश्वरको एभरेष्ट होटेलमा भेटवार्ता भएको हो ।

विदेश विभाग सचिव डा.शंकर खतिवडाका अनुसार करिब दुई घण्टा लामो भेटघाटमा समसामयिक राजनीति, दुई देशबीचको आपसी सम्बन्ध, दुई पार्टीबीच आगामी दिनमा हुने मैत्रीपूर्ण सहयोग आदिबारे छलफल भएको छ ।

उक्त भेटमा नेकपा (एकीकृत समाजवादी) पार्टीका विदेश विभागका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्